ससुरालीमा बस्दै आएका एक जनाको कुटेर हत्या
बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र ३ स्थित ससुराली बस्दै आएका ३७ वर्षीय कमल राईको हत्या गरिएको खुलेको छ । उनको शव शुक्रबार बिहान शव स्थानीय इक्राइको खेतमा भेटिएको थियो । स्थानीय गणेश लिम्बुले पुरानो रिसइवी साँध्न हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीसहित स्थानीय प्रदीप राजधामीलाई पक्राउ गरिएको छ ।
केही महिनाअघि पनि उनीहरुबीच सामान्य विवाद भएको थियो । प्रहरीकाअनुसार बिहीबार बेलुका रक्सी खाएर मातेको अवस्थामा राईलाई लिम्बुले बाटोमा भेटेपछि फेरि रक्सी खुवाउन लगेका थिए । लिम्बुले ८ बजे राति मकैबारी छेउ आइपुगेपछि लठ्ठीले कुटेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
पहिले बराहक्षेत्रको बांगे घर भएका राई अहिले झापाको दमकमा बस्दै आएका थिए । फागुन यता भने कान्छी श्रीमतीको घरमा बस्दै आएका थिए । मृतक शवलाई पोष्टमार्टमको लागि बि.पी.को.स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !