डोटीको शिक्षा कार्यालय भवनमा कोरोना विशेष अस्पताल बनाइने

डोटीको शिक्षा कार्यालय भवनमा कोरोना विशेष अस्पताल बनाइने

डोटी : डोटीको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय रहेको सरकारी भवनलाई कोरोना विशेष अस्पताल बनाइने भएको छ । जिल्लामा अहिलेसम्म कोरोना विशेष अस्पताल नहुँदा उक्त कार्यालयको भवन र राजपुरमा रहेको सुजङ्ग अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने भएको हो।

जिल्लास्थित क्रियासिल राजनीतिक दल तथा अन्य सरोकार निकायबीच बसेको सर्बपक्षीय बैठकले सो निर्णय गरेको हो । जिल्लामा रहेको एक मात्र जिल्ला अस्पताल डोटीमा अन्य बिमारीलाई पनि चेकजाँच गर्नुपर्ने भएकाले सुजङ अस्पतालाई कोरोना विशेष अस्पताल बनाइने भएको हो।

जिल्लामा कोरोना उपचारको लागि दुईवटा कोरोना विशेष अस्पताल बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।केही दिनभित्रै दुईवटै अस्पताल तयार हुने बताइएको छ ।

एमबीबीसएस डाक्टर कार्यरत रहेका जिल्ला भित्रका स्वास्थ्य संस्थामा कम्तीमा १० वेडसम्मको आइसोलेसन कक्ष तयार गर्न बैठकले निर्णय गरेको छ। अहिलेसम्म डोटीमा ७ हजार भन्दा बढीको संख्यामा भारतबाट आइ क्वारेन्टाइनमा बसिरहेका र उनीहरुको व्यवस्थापनमा कठीनाइ भएको छ। त्यसका लागि सिमानाका नै बन्द गरेर २०/२० दिनको अन्तरालमा सिमानाका खोल्ने व्यवस्था गर्न समेत बैठकबाट संघीय तथा प्रदेश सरकारलाई अनुरोध पठाइएको छ ।

जिल्लामा कोरोना परीक्षणका लागि किट अभाव भएकाले किटको माग समेत गरिएको छ । १२ हजार आरटी पीसीआर भिटिएम तथा १० हजार आरडीटी किटको माग गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

यदि भारतबाट आउने व्यक्ति रोकिएनन् भने जिल्लास्थित सरकारी संरचनालाई समेत क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने संयोजक ऐरले बताए ।  डोटी जिल्लाबाहेक सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भारतबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि  स्थानीयमा त्रास देखिएको छ । जिल्लामा कोरोना परीक्षण किट अभावका कारण समयमै परीक्षण नहुँदा डोटीमा कोरोना संक्रमित व्यक्ति नदेखिएको स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.