दैलेखमा एकै दिन ५० जनालाई कोरोना
दैलेख : दैलेखमा एकै दिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि हुनेहरुमा नारायण नगरपालिकाका ४० जना, महाबु गाउँपालिकाका एक जना र दुल्लु नगरपालिकाका ७, चामुण्डाविन्द्रासैनी नगरपालिकाका एक र नौमूले गाउँपालिकाका एक जना छन्।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्तरर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कोरोना संक्रमण देखिएको पुष्टि गरे। योसँगै दैलेखका कोरोना संक्रमितको संख्या ९८ जना पुगेको छ। कोरोनाका कारण दैलेखका एक जनाको मृत्यु भईसकेको छ । शनिवार दुल्लु नगरपालिका–११ खागितडाका ३५ युवाको क्वारेन्टाइनमै मृत्यु भएको थियो।
जेठ ५ गते दैलेखको आठबीस नगरपालिका-१ सात्तलाका ३५ बर्षीय युवामा संक्रमण पुष्टि भएको थियो। उनी कर्णाली प्रदेशकै पहिलो संक्रमित हुन् । त्यसको दुई साता नबित्दै दैलेखमा कोरोना संक्रमितको संख्या झण्डै एक सय जना पुगेको हो।
प्रतिक्रिया दिनुहोस !