आइसोलेसन अभावमा संक्रमितहरु क्‍वारेन्टाइनमै

आइसोलेसन अभावमा संक्रमितहरु क्‍वारेन्टाइनमै

मलंगवा : कोरोना भाइरस (कोभिड–१९) का संक्रमित राख्नका लागि निर्माण गरिएको आइसोलेसन भरिएपछि सोमवार कविलासी नगरपालिकामा फेला परेका संक्रमित राख्नका लागि समस्या भएको छ। सर्लाही सदरमुकाम मलंगवा २ मा स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा निर्माण गरिएको आइसोलेसन भरिएपछि संक्रमित राख्न ठाउँ अभाव भएको हो। सबै संक्रमितहरुलाई अहिले कविलासी नगरपालिका-८ स्थित जनता माध्यमिक विद्यालय अगर्वामा बनाइएको क्‍वारेन्टाइनमै राखिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको आफ्नो आइसोलेसन वार्ड नहुदाँ उनीहरुलाई बस्दै आएको क्‍वारेन्टाइनमा नै राखिएको कविलासीका मेयर कौशल किशोर यादवले जानकारी दिएका छन्। केही दिन अगाडी भारतबाट आएकाहरुलाई जनता माध्यमिक विद्यालय अगर्वाको क्‍वारेन्टाइनमा राखेका थियौं। आइसोलेसन नहुदाँ अहिलेलाई उनीहरुलाई क्‍वारेन्टाइन भएकै विद्यालयमा राखेका छौं। ‘तत्कालै आइसोलेसन बनाउने भवन नहुदाँ समस्या भएको हो’ मेयर यादवले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षा व्यवस्था राम्रो हुने भवन नहुदाँ क्‍वारेन्टाइनमै राख्नु परेको हो।’क्‍वारेन्टाइनमा बस्दै आएका तर पीसीआर रिपोर्ट निगेटिभ आएकाहरुलाई सोमबार रातीनै र्‍यापिड (आरटीडी) गरेर घर पठाएका छौं । पीसीआर निगेटिभ आएकाहरु घर गएपछि उनीहरुलाई क्‍वारेन्टाइनमै राखिएको हो। पीसीआर नेगेटिभ आएकाहरु मध्ये ४ जनाको र्‍यापिड टेस्ट पोजिटिभ आएकाले ४० जनालाई अहिले त्यहाँ राखेर सुरक्षित तरिकाले राख्ने भवनको खोजी गर्दै छौं। खाना बनाउने भान्सेसमेत संक्रमित हुदाँ झन समस्या भएको हो।

संक्रमितहरु राख्नका लागि नर्सिङ्ग कलेजमा बनाइएको क्‍वारेन्टाइन भरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन्। ५० बेडको बनाएको आइसोलेसन भरिएको छ। कविलासीका संक्रमितलाई राख्नका लागि हामीले आइसोलेसन बनाउने तयारी गर्दै छौं। कलेजकै निर्माणाधिन भवनमा सय बेडको आइसोलेशन बनाउने तयारीमा आफुहरु जुटेको प्रजिअ जिसीले बताए। सदरमुकाममा मात्रै आइसोलेशन बनाएर अब सम्भव छैन् । प्रत्येक दिन संक्रमितको संख्या बढ्दै छ। अटे सम्मका हामीले जिल्लामा ल्याएर राख्यौं। अब प्रत्येक स्थानिय तहमा बनाउने पर्ने अवस्था आएको छ। यता हरिपुर नगरपालिकाले आफ्नो स्थानिय तहमा फेला परेका संक्रमितलाई फरहदवा स्थित स्वास्थ्य चौकीको निर्माणाधिन भवनमा आइसोलेसन बनाएर राखेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.