आपसी लेनदेन विवादमा कुटपिटबाट हत्या

आपसी लेनदेन विवादमा कुटपिटबाट हत्या

कपिलवस्तु : आपसी लेनदेनको विवादमा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा एक जनाको कुटपिटबाट हत्या गरिएको छ । स्थानीय ४५ वर्षीय श्याम नारायण तिवारीलाई कोदालो प्रहार गरी विभत्स हत्या गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिए । 

हत्या आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–५ कोपवाका ४८ वर्षीय राम लौटन चौधरीलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका चौधरीले सामान्य विवाद बढ्दै जाँदा कोदालो प्रहार गरी तिवारीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक जोशीले बताए।

प्रहरीका अनुसार मृतक तिवारीको बाँया आँखा किनारमा चोट छ । यसै गरी घाँटी निर काटिएको छ।

मृतक तिवारीको शव र घटनास्थललाई प्रहरीले मंगलबार रातभरि सिल गरेको थियो । बुधबार बिहान प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.