भारतबाट आएका डोटीका दुई जनामा कोरोना संक्रमण
डोटी : डोटीमा बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पोजिटिभ आउनेमा पूर्बीचौकी गाउँपालिका-४ का २३ वर्षीय पुरुष र वडा नम्बर ७ का २५ वर्षीय पुरुष रहेका छन्। सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए। उनीहरु भारतबाट आएका थिए। अहिले दुईवटै संक्रमित व्यक्तिहरु आ–आफ्नो वडामा रहेका क्वारेन्टाइनमा बसेका छन्।
संक्रमित दुई जनाको लागि आजनै गाउँपालिकाभित्रै आइसोलेसन बनाएर राखिने गाउँपालिकाका अध्यक्ष दिर्घ बोगटीले जनाएका छन्। योसँगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या तीन पुगेको छ। यस अघि सोमबार शिखर नगरपालिका–३ का २५ वर्षीय पुरुषमा कोरोना देखिएको थियो उनी अहिले जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ। उनीहरु बसिरहेको क्वारेन्टाइनका अन्य सबै व्यक्तिहरुको थ्रोट स्वाब लिइने र गौरीफन्टा नाकाबाट जिल्लासम्म उनी आएको गाडीमा को–को रहेका थिए, कुन कुन व्यक्तिहरुसँग उनको सम्पर्क भएको थियो लगायत कन्ट्र्याक्ट ट्रेसिङ्गको काम आजैबाट सुरु हुने जिल्ला अस्पतालका प्रमुख मलासीले बताए।
प्रतिक्रिया दिनुहोस !