युएइको विमान ६ बजेमात्र नेपाल आउने
![युएइको विमान ६ बजेमात्र नेपाल आउने](https://annapurnapost.prixacdn.net/media/albums/Tribhuvan-International-Airport-TIA_20200323062432_He3likXYXK.jpg)
काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएइ) बाट अपरान्ह ३ बजे नेपाल आइपुग्ने भनिएको विमान बेलुका करिब ६ बजे मात्र आउने भएको छ । १६८ नेपाली लिएर युएइबाट नेपाल आउन लागेको एयर अरेबियाको विमान ५:४० बजे मात्र काठमाडौ विमानस्थलमा अवतरण गर्ने पछिल्लो जानकारी प्राप्त भएको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमान अवतरण गर्ने तालिका परिवर्तनबारे आफूलाई थाहा नभएको उनले बताए। यसअघि म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइसकेका छन्। उनीहरुलाई वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको नेपाली सेनाले जानकारी दिएको छ । त्यहाँ रहेका नेपालीहरुको कोरोना चेकजाँचपछि क्वारेन्टाइन पठाइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)