रिपोर्ट ढिलाइ भएपछि तोडफोड गर्दै भाग्न थाले क्वारेन्टाइनमा बसेकाहरु

रिपोर्ट ढिलाइ भएपछि तोडफोड गर्दै भाग्न थाले क्वारेन्टाइनमा बसेकाहरु

मलंगवा : सर्लाहीको गोडैता नगरपालिकास्थित विभिन्न क्वारेन्टाइनमा बसेकाहरु पीसीआर रिपोर्ट आउनमा ढिलाईपछि आक्रोशित हुन थालेका छन् ।

स्वाब लिएको ९ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट नआएपछि उनीहरु आक्रोशित बनेका हुन् । कोरोना भाइरसको परीक्षण गर्नका लागि जेठ १६ गते स्वाब कलेक्शन गरिएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि उनीहरु क्वारेन्टाइन छाडेर भाग्ने, स्वास्थ्यकर्मीलाई दुःख दिने, खानेपानीको पाइपमा ढुङ्गा हाल्ने, ढुङ्गा मुठा गर्ने जस्ता गतिविधि गर्न थालेको नगरपालिकाले जनाएको छ ।

पीसीआर रिपोर्ट आउनमा ढिलाइ भएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित बनेका हुन् । मेयर देवेन्द्र कुमार यादवका अनुसार जेठ १६ गते नै २ सय ९१ जनाको स्वाब कलेक्शन गरेर पठाइएको थियो । तर, अहिलेसम्म रिपोर्ट आएको छैन ।

रिपोर्टमा ढिलाइ भएपछि बिहीबार मात्रै मधुवनी क्वारेन्टाइनमा बसेका १० जना भागेका थिए । घर पुगेपछि फेरि प्रहरी पुगेर उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । सीमराको विद्यालयमा बसेकाहरु शुक्रवार राति तोडफोड गर्न थालेपछि स्वास्थ्यकर्मी क्वारेन्टाइन छोडेर भागेका थिए । गोडैता बजारको विद्यालयमा बसेकाहरु शुक्रबार बिहान स्वास्थ्यकर्मी माथि नै ढुङ्गा मुठा गरेको थियो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेको १४ दिन भन्दा बढी भइसक्यो । कतिपयको २० दिन भन्दा बढी भइसकेको छ । अहिले गोडैता नगरपालिकामा ३ सय ३० भन्दा बढी शंकास्पद बिरामी क्वारेन्टाइनमा छन् । उनीहरु लामो समयदेखि बसेकाले व्यवस्थापन गर्न पनि समस्या भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

यहाँ जम्मा १६ वटा क्वारेन्टाइन छन् । क्वारेन्टाइनमा बसेकाहरुको खाना र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नमा नगरपालिकालाई समस्या भइरहेको मेयर यादवको भनाइ छ । अहिले पनि भारतबाट आउने क्रम जारी छ । क्वारेन्टाइन पुरै भएिको छ । रिपोर्ट आउन भन्दा अगाडि नै घर पठाउन समस्या भएको मेयर यादव बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.