आठ किलो चरेशसहित ३ जना पक्राउ

आठ किलो चरेशसहित ३ जना पक्राउ

मलंगवा :  सर्लाहीको मलंगवाबाट ८ किलो लागुऔषध चरेशसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ४० वर्षीय रामदुलार राय, वडा नं. ४ का २४ वर्षीय नथुनी ठाकुर र वडा नं. ३ का २८ वर्षीय मोहन राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोहन राय एम्बुलेन्स चालक पनि हुन् । 

नेपालबाट भारतको सोनवर्षातर्फ शनिवार राती चरेश लैजाँदै गरेको अवस्थामा मलंगवा ८ सीमा नजिकै झिलमिलिया माई मन्दिरबाट प्रहरीले रामदुलार रायलाई पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको नेतृत्वमा गएको टोलीले ८ किलो चरेशसहित रामदुलारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । 

पक्राउ परेका रामदुलारसँग सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन रायले उत्तरी क्षेत्रबाट ल्याइ भारत पुर्‍याइदिनका लागि आफूलाई चरेश दिएको बताएका छन् । रामदुलारले दिएको बयानको अधारमा प्रहरीले एम्बुलेन्स चालक मोहनलाई खोजतलाश गरी प्रक्राउ गरेको हो । सोही क्रममा प्रहरीले मोहनले चलाउँदै आएको एम्बुलेन्स चेकजाँच गर्दा त्यसमा पनि १ सय ३५ ग्राम लागुऔषध चरेश बरामद भएको प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिए । 

चरेश ल्याउने र भारत पुर्‍याउनेमा तीनैजनाको संलग्नता रहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।‘एम्बुलेन्सको दुरुपयोग गरी लागुऔषध ओसारपसार गरिएको हो’, कुवँरले भने, ‘लकडाउनको बेलामा प्रहरीले पनि एम्बुलेन्स चेकजाँच गर्दैन भनेर उनीहरुले एम्बुलेन्सको प्रयोग गरेका हुन् ।’ केही दिन पहिले नै हामीलाई गोप्य सूचना आएको थियो । सूचनाको अधारमा पछयाउँदै जाँदा शनिबार राती करिब साढे ११ बजे सीमा नजिकैबाट चरेशसहित पक्राउ गरिएको हो ।' 

पक्राउ परेकालाई लागु औषधओसार पसार नियन्त्रण ऐन सम्बधि कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबारे थप अनुसंधान भइरहेको छ । यसै क्रममा प्रहरीले धनकौल गाउँपालिका वडा नं. ३ बागमती नदिको किनारबाट लागुऔषध वालटेक्ससहित दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिरहा जिल्ला गोलबजार नगरपालिका १ घर भइ हाल सर्लाहीको बागमती नगरपालिका १० शंकरपुर ससुराली बस्ने वर्ष ३४ को सुनिल ठकुरी र बहरथवा नगरपालिका ५ हाथी डन्डाका २२ वर्षीय इन्दल राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज ४ प २०७४ नम्बरको मोटरसाइकलमा जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाबाट राजघाट शंकरपुरतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले वालटेक्स सय एमएलका २ सय ६९ बोत्तल बरामद गरिको हो । 

सुनिलले मोटरसाइकल चलाउँदै गरेको र इन्दल पछाडि बसी बोरामा लागुऔषध बीचमा राखेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.