पत्नीको प्रहारबाट पतिको ज्यान गयो
![पत्नीको प्रहारबाट पतिको ज्यान गयो](https://annapurnapost.prixacdn.net/media/albums/hatya_20190826103012_usXQ3iTX5R.jpg)
रुकुम : सल्यानमा पत्नीले आफ्नै पतिको हत्या गरेकी छन् । त्रिवेणी गाउँपालिका–६ भुम्केज्यूलाकी ३६ वर्षीया महिलाले ३८ वर्षका आफ्ना पती डिल्लीबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । मदिरा सेवन गरेकी उनले विवाद हुँदा एक्कासी घरेलु हतियार प्रहार गरी पतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी, प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
मृतकको शव जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको उनले बताए । पतिको हत्या गर्ने महिलालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ओलीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेकाले पतिको हत्या गर्ने महिनाको नाम नखुलाइएको प्रहरी निरीक्ष ओलीेले जनाए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)