४० यात्रु लिएर सुर्खेतबाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना

४० यात्रु लिएर सुर्खेतबाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना

वीरेन्द्रनगर : भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा जाँदै गरेका तीर्थ यात्री सवार बस सुर्खेतमा बबईमा दुर्घटना भएको छ। सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भमेला जाँदै गरेको भे १ ख ४३३१ नम्बरको बस बबई क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख रुपेश खड्काले जानकारी दिए। उनका अनुसार बसमा ४० जना यात्रुहरूको सवार थिए।

रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। हालसम्म १५ जना बढीको उद्धार गरेर कोहलपुरतर्फ पठाइएको प्रहरी चौकी बबईले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोलीमा घटनास्थलमा खटिएको छ। 

 दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.