गाउँपालिकाले आफैं किन्यो किट

गाउँपालिकाले आफैं किन्यो किट

दैलेख : भैरबी गाउँपालिकाले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र (स्वाब राख्ने भाँडो) भीटीएम किनेर कोरोना परीक्षण सुरु गरेको छ। कोरोना भाइरस परीक्षणका लागि पीसीआर विधिबाट परीक्षण गर्न चाहिने भीटीएम र आरडीटी किट गाउँपालिका आफैले खरिद गरेको हो।

गाउँपालिकाले सात सय भीटीएम र १ हजार २ सय वटा आरडीटी खरिद गरेर कोरोना परीक्षण गर्न थालेको हो। जिल्ला स्वास्थ्य कार्यालयबाट किट उपलब्ध नभएपछि गाउँपालिका आफैंले पहल गरेको हो । १४ लाख ८० हजार रुपैयाँको लागतमा किट खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले जानकारी दिए। ल्याव असिस्टेन्ट नियुक्ती गरेर कोरोना परीक्षण भइरहेको उनले बताए।

भारतका विभिन्न क्षेत्रबाट आएकाहरुको परीक्षण भइरहेको सो गाउँपालिकाले जनाएको छ। गत सातासम्ममा सो गाउँपालिकामा १ हजार ४ सय १९ जना भित्रिएका छन्। ३ सय ९४ जना गाउँपालिकाले निर्माण गरेको २२ वटा क्वारेन्टाइनमा बसेका छन्।

सामुदायिक विद्यालयका भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ। हालसम्म १ हजार ३ सय जनाको आरडीटी परीक्षण गरिएको छ। ती मध्ये १३ जनाको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ। ९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइएकोमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ। कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको व्यक्तिलाई प्राथमिकता राखेर स्वाब संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जनाए। ‘भारतले बस र रेल सेवा सञ्चालन गरिसकेपछि गाउँपालिका फर्कने ह्वात्तै बढेका छन्,’ उनले भने ‘उनीहरुलाई लक्षित गरी आवश्यक तयारी भईरहेको छ, आरडीटी परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा पठाउने तयारी गरेका छौं।’ १४ लाख ८० हजार रुपैयाँको लागतमा किट खरिद गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.