रौतहटमा १०२ जनाले जीते कोरोना, करिब ८ हजार क्वारेन्टाइनमा

रौतहटमा १०२ जनाले जीते कोरोना, करिब ८ हजार क्वारेन्टाइनमा

रौतहट : रौतहटमा एक सय २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। गौर नर्सिंङ इन्ष्टिच्युट आइसोलेसनबाट १६ जना र प्रहरी स्कुल बिर्ताको आइसोलेसनबाट ६५ जना गरी ८१ जना बुधबार साँझ उपचारपछि निको भएर घर फर्किएका हुन् ।

ईशनाथ नगरपालिकाका ३५ जना, देवाहीगोनाही नगरपालिकाका १० जना, गौर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका लगाएतका संक्रमितहरु निको भएर घर फर्किएको गौर अस्पतालका डा. कृष्ण साहले जानकारी दिएका छन् ।

यसअघि वीरगन्जस्थित नारायणी अस्पतालबाट ३ जना निको भएका थिए भने गौर नर्सिंङ इन्ष्टिच्युटबाट १८ जना निको भएर घर गएका थिए । बिहीबार बिहानसम्ममा रौतहटमा ४ हजार ४ सय ४५ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ । पछिल्लो एक महिना यता भारतबाट आएर क्वारेन्टाइन बसेका ७ हजार ९ सय ५५ जना छन् ।

जिल्लामा चार सय ७४ जनामा कोरोना संक्रमण फेला गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.