ट्रम्पका टिप्पणीबारे प्रश्न सोध्ने फेसबुकका कर्मचारी बर्खास्त

ट्रम्पका टिप्पणीबारे प्रश्न सोध्ने फेसबुकका कर्मचारी बर्खास्त

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विवादास्पद टिप्पणीका विरुद्ध मौन रहेको भन्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गको आलोचना गर्ने एक कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ ।

ब्रान्डन डेल नामका इन्जिनियरलाई फेसबुकले हालै बर्खास्त गरेको हो । डेलले आफूलाई कम्पनीले बर्खास्त गरेको कुरा ट्वीटर मार्फत पनि जानकारी गराएका थिए । पछिल्लो समय अमेरिकामा सामाजिक र राजनीतिक रुपमा हलचल भइरहे पनि फेसबुकका मालिक जुकरबर्ग मौन रहँदा ब्रन्डनले उनको सार्वजनिक रुपमै आलोचना गरेका छन् ।

अमेरिकामा रंगभेदविरोधी ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलिरहँदा यसबारे जुकरबर्गले कुनै प्रतिक्रिया नदिएपछि पनि ब्रान्डन जुकरबर्गसँग असन्तुष्ट बन्दैआएका थिए । ब्रान्डनसँगै फेसबुकले दर्जन बढी कर्मचारीलाई बर्खास्त गरेको छ । जसमध्ये ६ जना इन्जिनियर नै छन् ।

जुकरबर्ग नश्लवादविरोधी आन्दोलनबारे मौन रहनुमा राजनीतिक कारण भएको भन्दै उनको आलोचना भएको छ । फेसबुकले भने ब्रान्डनको बर्खास्ती गरेको जनाएको छ । तर के कारणले बर्खास्त गरेको खुलाएको छैन ।

अमेरिकाको मेनियापोलिसस्थित गोरा प्रहरी अधिकृतले एक अस्वेत नागरिक जर्ज फ्लोइडको हत्या गरेपछि अमेरिकामा व्यापक प्रदर्शन हुँदैआएको छ । राष्ट्रपति ट्रम्पले भने प्रदर्शनकारीको विपक्षमा ट्वीट गरेका छन् । तर ट्वीटरले ट्रम्पका पछिल्ला अभिव्यक्तिमाथि फ्याक्ट चेक गर्नुका साथै लुकाइदिने समेत गरेको छ । फेसबुकका मालिक जुकरबर्ग भने यसबारे मौन देखिएपछि उनको पनि आलोचना भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.