उद्धार उडानको पुनर्तालिकीकरण

उद्धार उडानको पुनर्तालिकीकरण

काठमाडौं : कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपाली फिर्ता ल्याउने सरकारी तयारी पूर्ण नभएको देखिएको छ। विदेशी नेपाली स्वेदश फर्काउन उदासिनो देखिएको भन्ने आरोप खेपिरहेको सरकारले प्रक्रियागत जटिलताका कारण तोकेको समय तालिकामा केही हेरफेर हुने बताएको छ। सरकारले २५ मुलुकबाट करिब १२ हजार नेपालीलाई २ हप्ताको समयमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी वायुसेवा कम्पनीको माध्यमबाट नेपाल ल्याउने तयारी गरेको थियो।

जुन १० तारिकमा यस्तो निर्णय गरेको सरकारले जुन ११ तारिकदेखि २५ तारिकसम्म नेपाली भिœयाउने कार्यतालिका पनि बनाएको थियो। हतारमा गरेको निर्णयका कारण अहिले धेरै उडानको पुनर्तालिकीकरण हुने भएको छ।

सरकारले तोकेको समयसिमामा केही विदेशी कूटनीतिक नियोगले त्यहाँ रहेका नेपाली पठाउन नसक्ने देखिएकाले केही उद्दार उडान प्रभावित बन्न सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले बताए। नेपालले उद्दार उडान तोकेका केही मुलुकमा कोराना जाँचको प्रमाणपत्र (पीसीआर), उडान अनुमतिका प्रक्रियागत जटिलताका लगायत कामका लागि केही समय लाग्ने भएकाले कुनै कुनै मुलुकको उडान तत्कालका लागि प्रभावित बन्न सक्ने उनको भनाइ छ।

अहिलेलाई माल्दिभ्स, बहराइन, साइप्रस, अमेरिकालगायत केही मुलुकका उडान पुनर्तालिकीकरण हुने पक्का भएको लामिछानेले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। उडान पुनर्तालिकीकरण गर्दा सरकारले तोकेको २५ तारिककको समयसिमाभन्दा पनि बाहिर जान सक्ने बताइएको छ। विषम परिस्थितिमा गरिन लागेको उद्दार उडानको समयसिमा फेरबदल हुनु कुनै अनौठो नभएको भन्दै लामिछानेले केही समय परिवर्तन भए पनि तोकिएका मुलुकबाट नेपाली भित्र्याइने बताए।

यस्तै, नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका केही उडानको पुनर्तालिकीकरण गर्ने प्रक्रिया अघि बढेको मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले जानकारी दिए। समय पुनर्तालिकीकरणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पौडेलले बताए।

नेपाली ल्याउन आफ्नो भागमा परेका केही मुलुकका उडानको समयतालिका हेरफेर हुन सक्ने नेपाल वायुसेवा निगमले पनि बताएको छ। निगमको पूर्वनिर्धारित कार्यतालिका अनुसार बंगालादेशको उडान भने आइतबार भएको छ। आइतबारको उडानमा काठमाडौंबाट १९ जना नेपाली नागरिकलाई बंगलादेश पु¥याइएको र त्यहाँबाट २६० नेपालीलाई स्वदेश फर्काइएको निगम प्रवक्ता अर्चना खड्काले बताइन्। निगमको असार १ गतेका लागि तोकिएको मलेसियाको क्वालालाम्पुर उडान भने स्थगित हुने भएको छ। त्यहाँस्थित दूतावासले पीसीआर जाँच, उडान अनुमति लगायत सरकारी प्रक्रियाको ढिलाइका कारण उडान प्रभावित बन्न सक्ने भनेको खड्काले जानकारी दिइन्। यस्तै माल्दिभ्स, दुबई, दोहा लगायतका मुलुकले पनि समयतालिका अनुसार उडान हुन नसक्ने आसय व्यक्त गरेको निगम बताउँछ।

सरकारले आफ्नो मात्र तयारी हेरेर मिति निर्धारण गर्दा विदेशमा अलपत्र रहेका नेपाली ल्याउन समस्या हुन सक्ने बुझिएको छ। समयतालिकासँगै हवाई भाडा पनि एकैसाथ सार्वजनिक गरेको सरकारले भाडा महँगो भएको गुनासो आएपछि केही मुलुकको हवाई भाडादर पनि घटाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.