हावामा झुल्दै तोप चराका गुँड

हावामा झुल्दै तोप चराका गुँड

काठमाडौं : रुखमा झुन्डिएका यी आकर्षक गुँड तोप चराका गुँड हुन् । यी कलात्मक गुँड ललितपुरको भैंसेपाटीमा देखिएको दृश्य हो । तोप चरा भन्ने बित्तिकै राम्रो गुँड बनाउने चरा भनेर बुझिन्छ। यी चराले स–साना पात र रेसालाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन्। राम्रो गुँड बनाउने हुनाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ। यसलाई अंग्रेजीमा टेलर बर्ड भनिन्छ। यी चरा समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा भेटिन्छन्।

यिनीहरू हिउँद याममा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन्।

 झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ। भालेले गुँड बनाएर नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन। भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउँछ। पोथीलाई खुसी बनाउनको लागि पनि भालेले राम्रो गुँड बनाउने गर्छ।

भनिन्छ, कसले राम्रो गुँड बनाउने भनेर भालेहरूमा होडबाजी चल्छ। यिनीहरूले शत्रुको आक्रमणबाट बचाउन गुँड हावामा तुर्लङ्ग झुन्डिने तरिकाले बनाउँछन्। गुँड पनि एउटा हाँगाबाट अर्को हाँगामा सहजै नभेटिने खालको हुन्छ। जमिनबाट नभेटियोस् भनेर कम्तीमा १५ मिटर उचाइमा मात्र चराले गुँड बनाउँछ।

भालेले गुँड बनाएर सकेपछि गुँडमा बसेर पोथीलाई पनि बोलाउँछ। केही दिनपछि पोथी चराहरू आएर भालेले बनाएको गुँड निरीक्षण गर्छन्। जुन भालेको गुँड राम्रो लाग्छ पोथी तिनै भालेकहाँ जान्छन्। भालेकहाँ गइसकेपछि बाँकी रहेको कामको सहयोग पोथीले पनि गर्ने गर्छन्।

नेपालमा विशेषगरी मंसिर लागेपछि उच्च पहाडी भागबाट पोथी चराहरूभन्दा केही दिन पहिले भाले चराहरू तराईतिर लाग्छन्। अनि उपयुक्त ठाउँमा गुँड बनाउन रोकिन्छन्। तोप चराको मुख्य आहार धान र गेडागुडी हो।

यिनीहरूले कहिल्यै पनि किरा फट्याङ्ग्रा खाँदैनन्। यो चराको भालेको टाउको वरिपरि पहेँलो हुन्छ। प्रजननको समयमा भालेहरूको पहेँलो भाग टल्किन्छ। यसले भालेहरू प्रजनन्का लागि तयार भए भन्ने संकेत मिल्छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.