विदेशबाट कामदार फर्काउन सर्वोच्चको चिठ्ठी कुर्दै मन्त्रालय

विदेशबाट कामदार फर्काउन सर्वोच्चको चिठ्ठी कुर्दै मन्त्रालय

काठमाडौं : वैदेशिक रोजगारमा रहेका नेपालीलाई सरकारकै खर्चमा ल्याउन सर्वोच्च अदालतले दिएको आदेशको विषयमा आफूलाई कुनै पत्र मंगलबारसम्म प्राप्त नभएको श्रम मन्त्रालयले दाबी गरेको छ।

सर्वोच्च अदालतले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारलाई आफ्नै खर्चमा फिर्ता ल्याउन सोमबार अन्तिम आदेश दिएको थियो । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेल भने, ‘सर्वोच्च अदालतबाट आधिकारिक पत्र आएपछि कार्यान्वयन गर्ने सबालमा छलफल गर्छौं ।’

सरकारले सम्बन्धित कूटनीतिक नियोगसँग समन्वय नै नगरी हतारमा निर्णय गरेका कारण कतिपय उडान निर्धारित तालिकामा नहुने भएको छ । सरकारले सम्बन्धित मुलुकको कोरोना जाँच प्रमाणपत्र, उडान अनुमतिलगायत कारण केही उडान स्थगन हुने बताएको छ । सरकारले निर्धारित गरेको उडान तालिकामा अहिलेसम्म क्वालालाम्पुर, मलेसिया, दुबई, दोहा, बहराइन, साइप्रसका मुलुकले सरकारको तालिकाअनुसार उडान नहुने बताइसकेका छन् ।

यस्तै यूएई र अमेरिकाको उडान तालिका पनि पुनर्तालिकीकरण हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । ती उडान कहिलेसम्मका लागि स्थगित भएका र कहिले हुन्छन् भन्ने सम्बन्ध सम्बन्धित नियोगबाट जानकारी आइनसकेको पर्यटन मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले जानकारी दिए ।

जुन ११ देखि हालसम्म कोलम्बो, माले, बंगालादेश, म्यानमार, यूएई, कुवेत र ओमनबाट क्रमशः ५, १४९, २४०, २६, १६८, २९९ र १६६ गरी १०५३ जना नेपाल फर्किसकेका छन् । यसमा म्यानमार, यूएई र कुवेतबाट उतैको सरकारले खर्च व्यहोरेको हो भने कोलम्बो, माले, ओमन र बंगालादेशबाट आएका नेपालीले आफैंले खर्च व्यहोरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.