लडेर दुईजनाको मृत्यु
![लडेर दुईजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_fgkznOzHVM.jpg)
सन्धिखर्क : अर्घाखाँचीमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा भीरबाट लडेर २ जनाको मृत्यु भएको हो । मालारानी गाउँपालिका ५ आरुखोला निवासी ४९ वर्षीय मनबहादुर खत्रीको घर नजिकै आरुखोलामा बाटोदेखि अन्दाजी ५० मिटर तल खस्न गई घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । खेतमा रोपाइँ गरी फर्कने क्रममा उनको मृत्यु भएको हो ।
यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर २ भलायडाँडा निवासी ५५ वर्षीय बसन्त कुमालको सन्धिखर्कको पाणिनी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा लडेर घाइते भएका थिए। उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)