कोरोनासँग लड्न हात धुने स्टेसन
काभ्रे : कोरोना संक्रमणबाट जोगिन जिल्लाको रोशी गाउँपालिकाको केन्द्रमा हात धुने स्टेसन स्थापना गरिएको छ। हात धुने स्टेसन स्थापना गरेर शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालाई हस्तान्तरण गरेका हुन्।
सीआरएस संस्थाको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा हात धुने धारा स्टेसन स्थापना गरिएको हो। हात धुने स्टेसन हस्तान्तरण सम्झौता पत्र लिँदै अध्यक्ष लामाले भाइरसको मारमा रहेको समयमा संभावित जोखिमबाट बच्न नियमित साबुनपानीले हात धुनु उत्तम उपाय भएको र गाउँपालिका परिसरमा स्थापना गरिएको स्टेसनबाट नागरिकले लाभ लिन सक्ने बताए। गाउँपालिकासम्म आएर शान्ति जनआदर्श सेवा केन्द्रले रोशीका नागरिक सुरक्षित बनाउन स्टेसन राखेर सबैको मन जित्ने काम गरिएको बताए।
हात धुने स्टेसन स्थापना गर्न ३० हजार बराबरको रकम खर्च भएको उक्त रकमबाट पाँच सय लिटरको ड्रम, फलामको स्ट्यान्ड खरिद गरेको संस्थाले जनाएको छ। केन्द्रले पनौती नगरपालिकाको क्वारेन्टाइन, स्वास्थ्य संस्था र सबै वडामा गरी १८ वटा हात धुने स्टेसन राखेको छ। आइतबार तेमाल गाउँपालिकाको केन्द्रमा समेत हात धुने स्टेसन स्थापना गरिएको छ।
प्रतिक्रिया दिनुहोस !