सडक मर्मतमा ध्यान नदिएको भन्दै सडकमै धान रोपेर विरोध

सडक मर्मतमा ध्यान नदिएको भन्दै सडकमै धान रोपेर विरोध

राजविराज : डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ का युवाले उक्त सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित राजविराज हनुमाननगर सडक खण्डमा मंगलबार उनीहरुले रोपाइँ गरेका हुन् । 

जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती दिने गरेको भए पनि मर्मत सम्भारमा कुनै चासो नदिएपछि बाध्य भएर रोपाइँ गर्नु परेको स्थानीय युवाको भनाइ छ । सोही वडा निवासी युवा कौशल यादवले भने, 'सडक भएर पनि कामलायक छैन जनताले सास्ती खेप्नु परिरहेको छ । 
यस्तोमा धान नरोपेर के गर्नू ?'

यसै गरी अर्का युवक करण यादवले डेढ वर्षदेखि लथालिंग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा कैयौं पटक दुर्घटनासमेत भइसकेको बताए । उनले आफूहरुले रोपाइँ गर्नु रहर नभइ बाध्यता नै बनेको भन्दै आक्रोश व्यक्त गरे । सडकमा रोपाइँ गरेपछि सप्तरीको सदरमुकाम राजविराजदेखि पूर्वतर्फको आवागमनसमेत प्रभावित बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.