पहिरोमा पुरिएको अवस्थामा थप १ जनाको शव भेटियो

पहिरोमा पुरिएको अवस्थामा थप १ जनाको शव भेटियो

तानसेन : पाल्पा तानसेन नगरपालिका  वडा नं ११ सम्मोबारीमा पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव भेटिएको छ ।  मृत्यु हुनेमा झापा शिवसतासी नगरपालिका वडा नं  ८ झिलेझिलेका १८ वर्षीय कुमार तामाङ रहेका छन् । 

यसअघि सोमबार पहिरोमा परी ३ जनाको मृत्यु भएको थियो ।  पाल्पाका  रिव्दीकोट गाउँपालिका वडा नं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नं ८ हुम्के बजारका  निवेश श्रेष्ठ र  चितवन भरतपुर महानगरपालिका वडा नं २९ बाङ्गेसालका २३ वर्षीय वीरबहादुर गुरुङ रहेका पाल्पा प्रहरीले पुष्टि गरेको छ । 

सोमबार बेलुका ५ बजे झरेको पहिरोमा परी घटनास्थमै २ जना, मिशन अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको थियो । पहिरोमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्बरको ट्रक,  लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्बरको कार पुरिएका थिए । पुरिएका सवारी साधन सुरक्षाकर्मीले बाहिर निकालेका छन् । 

पहिरोमा थप सवारी साधन र मानवीय क्षति भएको हुन सक्ने भन्दै  प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षम मनोज गिरीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.