विद्यार्थीले जलाए त्रिवि उपकुलपतिको कुर्सी

विद्यार्थीले जलाए त्रिवि उपकुलपतिको कुर्सी

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । उनीहरुले बुधबार दिउँसो कुर्सी जलाएका हुन् । कुर्सी जलाएपछि उनीहरुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्राको कार्यालयमा ताला लगाएका छन् ।

त्रिवि प्रवक्ता सूर्य अधिकारीका अनुसार कुर्सी जलाएपछि विद्यार्थीले नेविसंघको नाममा हस्ताक्षर गरेर ताला लगाएको ढोकामा सूचना जारी गरेका छन् । पछिल्लो समय उपकुलपति बास्कोटालगायका त्रिवि नेतृत्वमा रहेकाहरुले भागबण्डामा आफू मातहतका निकायमा नियुक्त गरेको, विश्वविद्यालयको पढाइ सुधारको सट्टा दलीय आस्थाका आधारमा नियुक्तिलाई मात्र ध्यान दिएको लगायतका आरोप विद्यार्थीको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.