व्यास नगरपालिकाको बजेट एक अर्ब ५३ करोड

व्यास नगरपालिकाको बजेट एक अर्ब ५३ करोड

दमौली : व्यास नगरपालिकाले करिब एक अर्ब ५३ करोड बजेट पेश गरेको छ । ३३ औं नगर सभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मिरा जोशीले कोरोना भाइरसका कारण नीति तथा कार्यक्रम समयमा ल्याउन समस्या परेको बताइन् । जिल्लाकै ठूलो बजेट ल्याएको नगरले कुल बजेटको ४१ प्रतिशत ६२ करोड ७१ लाख ९७ हजार पुँजीगत र चालु खर्चका लागि ९० करोड २५ लाख प्रस्ताव गरेको छ । 

कोरोनाका कारण सम्पन्न हुन नसकेका योजनाका लागि क्रमगत रुपमा २० करोड ८० लाख विनियोजन गरेको नगरपालिकाले शिक्षा, युवा तथा खेलकुदका लागि भन्दै ४४ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले आफ्ना नगरस्तरीय योजना छनौट गरी बजेटको धेरै हिस्सा खर्च गर्ने लक्ष्य राखेको छ । नगर सभामा प्रस्तुत बजेटमा व्यासको एक सय आठ फिट अग्लो मूर्ति र व्यास १० को नारेश्वर तालका लागि समान डेढ करोड विनियोजन गरिएको छ । नगरपालिकाले कोरोना कोष व्यवस्थापनका लागि भन्दै एक करोड बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले कृषि तथा पशु सेवाका लागि १० करोड बजेट विनियोजन गरेको छ । नगरको बजेटमा प्रदेस सरकारबाट प्राप्त नरंगा कलेस्ती फाँट सिंचाई योजनाको ५० लाख पनि समावेश छ । मादी नदीको एकिकृत विकास परियोजनाका लागि बजेटमा ७० लाख विनियोजन गरिएको छ ।

नगरले सडक र नालाका लागि दुई करोड विनियोजन गरेको छ । बजेट प्रस्तुतीकरण कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले दुई वर्ष अघिदेखि निरन्तर बजेट गए पनि सम्पन्न हुन नसकेका योजनामा अब बजेट नदिइने बताए । ‘लामो समयदेखि निरन्तर बजेट जाने र काम हुन नसकेका योजनामा अब बजेट जाँदैन,’ उनले भने । आगामी असार २५ गते पुनः बस्ने गरी नगरपालिकाको बजेट लक्षित नगर सभा स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.