होटल क्वारेन्टाइन बस्ने बढे
बागलुङ : कोरोना संक्रमणका कारण व्यापार व्यवसाय ठप्प भइरहेका बेला पछिल्लो समय सदरमुकामका होटलको क्वारेन्टाइनमा बस्ने बढ्न थालेका छन्। विदेशबाट आउनेलाई क्वारेन्टाइन बस्न सःशुल्क र निःशुल्क विकल्प दिइएको छ।
निःशुल्क विकल्पमा बागलुङ नगरपालिकासहित सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टाइन छ भने सम्बन्धित व्यक्तिको इच्छा अनुसारका सुविधा सम्पन्न होटलमा सःशुल्क व्यवस्था गरिएको छ। सोही अनुसार अहिले बागलुङ भित्रिनेलाई नगरपालिकाले तयार गरेको रामरेखा, रमेटार लगायतका क्वारेन्टाइनमा निःशुल्क खानपानसहितको राखिएको छ। भारतसहित विभिन्न मुलुकबाट आउनेहरु होटलका क्वारेन्टाइन बस्न थालेका छन्।
गरेर राखिएको छ। तेस्रो मुलकमा रहेका अधिकाशं नेपालीहरु बागलुङ भित्रिएसँगै उनीहरु बागलुङ बजारका होटल क्वारेन्टिनमा बस्न थालेका छन्। विदेशबाट घर फर्किनेहरु बढेपछि तीन महिनादेखि ठप्प रहेका बजारका सुविधा सम्पन्न होटल अहिले भरिन थालेका छन्। सुविधा सम्पन्न होटलमा बस्न चाहनेलाई प्रति दिन प्रति व्यक्ति एक हजार सात सय ५० र डबल बेड कोठामा प्रति व्यक्ति एक हजार पाँच सय शुल्क तय गरिएको होटल व्यवसायी सघं बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए।
विदेशबाट आएका ३६ जना होटलको क्वारेन्टाइनमा बसेका बागलुङ नगरको स्वास्थ्य शाखाले जनाएको छ।
‘यसले हामीलाई नाफा त हुँदैन, तर देशलाई संकट पर्दा सहयोग गरौ भन्ने उद्धेश्यले होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने निर्णय गरेका हौ,’ उनले भने,‘अहिलेको समयमा जोखिम उच्च छ, अर्कोतर्फ छरछिमेकले पनि कठिन समय र संकटको राज्यको बाध्यता नबुझदिदाँ समस्या भइरहेको छ।’ अहिले तेस्रो मुलुकबाट आएका ३६ जना होटलको क्वारेन्टाइनमा बसेका बागलुङ नगरको स्वास्थ्य शाखाले जनाएको छ। होटल पिस प्यालेसमा १२, होटल दि राजनमा १५, त्रिवेणी होटलमा ६ र होटल रेड एप्पलमा ३ जना रहेका नगर स्वास्थ्य शाखाका दिनेश जिसीले जानकारी दिए। होटल क्वारेन्टाइनको सुरक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था भने बागलुङ नगरले मिलाएको छ। होटल बाहेक रामरेखा र रमेटारको क्वारेन्टाइनमा ६४ जना छन्।
सदरमुकाममा होटल क्वारेन्टाइनको क्षमता एक सय ५० रहेको होटल व्यवसायी सघंले जनाएको छ। विदेशबाट आउनेलाई होटलमा राखिएपछि आसपासका बासिन्दा भने त्रासमा छन्। स्थानीयले होटल सञ्चालक, मजदुर र उनीहरुका परिवारसँग फरक व्यवहार गर्न थालेका संघ पदाधिकारीको गुनासो छ। होटलमा संक्रमित नभई विदेशबाट आएकालाई राखिएकाले त्रसित हुन जरुरी नरहेको बागलुङ नगरका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल बताउँछन्। होटलमा खाने बस्नेदेखि शौचालय समेत व्यवस्थित हुने भएकाले अन्य सामान्य क्वारेन्टाइन भन्दा सुरक्षित हुने उनको भनाइ छ। ‘विद्यालयमा एउटै कोठामा एक जना राख्न समस्या छ, तर होटलमा एक्लै बस्दा संक्रमण भएको खण्डमा अन्यलाईसमेत सर्दैन’, खनाल भन्छन्, ‘होटलमा सुविधा र सुरक्षित बढी भएकै कारण खर्च गरेरै क्वारेन्टाइन बस्नेको संख्या बढ्दै गएको हो।’