बैतडीमा थप ३६ जनामा कोरोना पुष्टी : संक्रमितको संख्या २७४ पुग्यो
बैतडी : बैतडीमा शुक्रबार थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। दोगडाकेदार गाउँपालिकाका १ महिला र १२ पुरुष सहित १३ जना, मेलौली नगरपालिकाका ४ महिला र १५ पुरुष गरि १९ जना र सुर्नया गाउँपालिकाका ४ पुरुषमा कोरोना पुष्टि भएको हो।
८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकमा कोरोना पुष्टी भएको हो। शुक्रबार कोरोना पुष्टी भएका सबै भारतबाट फर्किएका र आरडिटी पोजेटिभ आएका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। उनीहरुमध्ये अधिकांस होम आइसोलेसनमा पठाइसेकेको र केही क्वारेन्टाइनमा रहेकाले छुट्टै आइसोलेटको तयारी भएको सम्वन्धित स्थानीय तहले जनाएका छन्।
योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ। सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !