बलात्कार आरोपमा रुकुम पूर्वका २८ वर्षीय युवक पक्राउ
![बलात्कार आरोपमा रुकुम पूर्वका २८ वर्षीय युवक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/gangrape-india_20190803150751_c8occ8snlr.jpg)
रुकुम : बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पूर्वमा एक युवालाई पक्राउ गरेको छ ।
भूमे गाउँपालिका–८ कोर्जाका २८ वर्षीय कृष्ण खड्का सोही ठाउँकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । असार १९ गते खड्काले डरत्रास देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय, चुन्बाङमा उजुरी दिएका थिए ।
पीडितको उजुरीका आधारमा २० गते नै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक दिनेश गुरूङले जानकारी दिए । घटना लगत्तै फरार रहेका आरोपितलाई फक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए । पीडितको शनिबार जिल्ला अस्पताल रुकुमकोटमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)