सेप्टेम्बरदेखि उडान गर्ने तयारी

सेप्टेम्बरदेखि उडान गर्ने तयारी

काठमाडौं : सरकारले सेप्टेम्बरदेखि उडान सुरु गर्ने तयारी गरेकोे छ। संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले यसका लागि सरोकारवालासँग छलफल थालेको छ। कोभिड १९ (कोरोना) महामारी नियन्त्रण गर्न सरकारले गत चैत्र ११ गतेदेखि उडान बन्द छ। 

बन्द सबै उडान सुरु गर्ने तयारीमा सरकार जुटेको हो। सरकारले चैत्र ११ गतेदेखि लकडाउन लागू गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान साउन ७ गतेसम्मका लागि बन्द नै गरेको छ। पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले खोल्ने विषयमा छलफल सुरु भएको जानकारी दिए। सेप्टेम्बरदेखि सन् २०२० का लागि दोस्रो पर्यटकीय मौसम सुरु हुने भएकाले उडान सुरु गर्ने पक्षमा व्यवसायी छन्। छिमेकी मुलुक भारत र चीनले पनि बन्द गरेको आन्तरिक उडान सुरु गरिसकेको छ। 

‘छलफल सुरु भए पनि तत्कालै खोल्ने विषयमा निर्णय हुँदैन’, लामिछानेले भने,‘छलफल गर्दै छौं। अर्कोतर्फ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई पनि मूल्यांकन गर्र्दै छौं। परिस्थिति मूल्यांकन गरी उडान कहिलेदेखि खुलाउने भन्ने विषयमा निर्णय गर्नेछौं। ’

मन्त्रालयले गत महिना नै उड्डयनसम्बन्धी सुरक्षा निर्देशिका जारी गरिसकेको छ। अन्तर्राष्ट्रिय मान्यता अनुरुप सुरक्षित उडानका लागि नेपाल तयार रहेको बताइएको छ। ३ महिनाभन्दा बढी समयदेखि सबै उडान बन्द हुँदा मुलुकको पर्यटन तथा उड्डयन क्षेत्रले आगामी साउन ७ गतेसम्म लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ क्षति व्यहोर्ने आँकलन सरकारको छ। 

यसमा उड्डयन क्षेत्रले मात्रै करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्ने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। यस अघिका वर्षको साउनमा हुने हेलिकप्टर उडानबाट कैलाशको यात्राबाट करिब साढे २ अर्ब रुपैयाँ बराबरको आम्दानी पनि गुमेको उनले अन्नपूर्णलाई जानकारी दिए। अब सेप्टेम्बरबाट पनि उडान खुलेन भने निजी विमान कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्ने अनुमान संघको छ। 

‘उड्डयन व्यवसायलाई टिकाउनुका साथै कर्मचारीको रोजगारी, बैंकको किस्ता र सरकारलाई कर बुझाउन पनि सरकारले उडान सेवा सुरु गर्नुपर्छ’, संघका प्रवक्ता कँडेलले भने। सेप्टेम्बरबाट आन्तरिक उडान मात्रै खुलेको अवस्थामा सञ्चालन खर्च केही धान्न सहज हुने उनले बताए। 

उद्धार उडान जुलाई १२ सम्म

कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका र अलपत्र परेका नेपाली स्वदेश फर्काउने अभियान आगामी जुलाई १२ सम्मका लागि तय गरिएको छ। सरकारले जुन १४ गतेबाट जुन ३० तारिखसम्मका लागि तय गरिएको उद्धार उडान अहिले जुलाई १२ सम्मका लागि पुर्‍याइएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। 

जुलाई १२ बाट भने उद्दार उडान बन्द गरिने लामिछानेले बताए। सरकारले सुरुमा जुन ३० तारिकसम्म उद्धार उडान गर्ने र करिब १२ हजार नेपाली स्वदेश फर्काउने तयारी गरेको थियो। आवश्यकता अनुसार जुलाई १२ सम्म उडान थप गरेर करिब २५ हजार नेपाली स्वदेश फर्काउने पछिल्लो तयारी रहेको सहसचिवले जानकारी दिए। 

त्यसपछि अब उद्धार उडान नहुने उनले बताए। जुलाई १२मा नेपाल एयरलाइन्सको दुबई उडान तय भएको छ। सरकारले उद्धार उडान गर्न नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र केही विदेशी विमान कम्पनीलाई अनुमति दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.