बालविवाह प्रकरण : जान्दाजान्दै समाजले थुक्ने डरले गल्ती गर्‍यौं

बालविवाह प्रकरण : जान्दाजान्दै समाजले थुक्ने डरले गल्ती गर्‍यौं

दमौली : बेहुली १४ वर्षकी अनि बेहुला २१ वर्षका। लकडाउनकै बेलामा बिहे। दुवै परिवारका सदस्य भेला भएर वैवाहिक कार्य सम्पन्न भयो। तर दुलही अन्माउनै लाग्दा प्रहरी पुगेपछि दुलाहासहित उनी र बेहुलीका बाबु, आमा र पण्डित प्रहरी हिरासतमा छन्। व्यास-११ मा बुधबार घटेको घटनाको सूचना पाएपछि पुगेको प्रहरीले दुलही अन्माएर बिदाबादी हुन लागेका गोरखा लखन गाउँपालिका-२ का २३ वर्षका बेहुला सन्तोष अर्यालसहित उनका बाबुआमा र दुलहीका बाबुआमा अनि बिहे गराउने कार्यमा सरिक ७५ वर्षका पण्डितसमेतलाई पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीहरुमाथि अनुसन्धानका लागि भनेर अदालतबाट म्याद लिइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। ‘बाल विवाह हुन लागेको सूचनाका आधारमा टोली खटाएका थियौं’ उनले भने‘विवाह सकेर घर लैजाने तयारी हुँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएका हौं।’कानूनले २० वर्ष नपुगी विवाह गर्न नपाउने भनेको छ। यस घटनामा बेहुलाको उमेर पुगे पनि बेहुलीको उमेर नपुगेकाले दुवै पक्षलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ। कानुनले छुट नदिएको जान्दाजान्दै बिहे गर्ने निष्कर्षमा परिवार कसरी पुग्यो त? अहिले बेहुलीका बाबु आमा दुवै हिरासतमा छन्। उनका दाजु भन्छन्,‘हामीलाई कानून विपरित हो भन्ने थाहा नभएको होइन तर हामी बाध्यतामा पर्‍यौं। कलिलै उमेरमा बहिनी दिनुपर्ने के बाध्यता आइलाग्यो त? उनी भन्छन्‘बिहे नगरे भागेर जान्छु नभए मर्छु भनेपछि के गर्नु। बरु दुवै परिवारकै सहमतिमा बिहे गरेरै दिऔं भनेका हौं।'

दुईको प्रेममा समाजको डर

बेहुली बेहुलाको घर गोरखा लगन गाउँपालिका गैरहन्थिन्। सानिमाकोमा जाने क्रममा उनको सन्तोषसँग प्रेम बस्यो। सन्तोष १२ कक्षामा अध्ययनरत हुन् भने बेहुली व्यास-११ कै स्थानीय विद्यालयमा कक्षा १० की विद्यार्थी। दुईको नियमित भेट भइरहने र प्रेम बसेकाले किशोरीले घरमा आफूलाई बिहे गरेर दिन भनिन्। तर दाजु अनि परिवार उमेरै नपुगेकाले दिन तयार थिएन। यस भन्दा केही वर्ष अघि उनकी दिदीले पनि १३ वर्षमा भागेर सुर्खेतमा बिहे गरेकी थिइन्। सानी छोरी पनि त्यसै गरेर गएमा समाजमा इज्जत जाने भएकाले परिवार भागेरै जाने भएपछि बरु सल्लाहमै बिहे गरेर दिने निष्कर्षमा पुग्यो। ‘हामीले नदिए भाग्ने र आत्महत्यासम्मको धम्की दिएपछि समाजको इज्जतको डरले पनि बिहे गरेर दिनैपर्ने बाध्यता थियो’ दाजुले भने‘नत्र फेरि समाजले हामीलाई थुक्थ्यो। अरु कुरा सहे पनि सामाजिक अपमान सहने शक्ति भएन।’आफ्नो र परिवारको मन नभए पनि समाजको डर अनि बहिनीको धम्कीका कारण सल्लाहमै बिहे गर्ने निर्णय गरेको उनी बताउँछन्।

‘यस अघि कुरा गर्दा समाजले पनि अनुमति दिएकाले अघि बढेका हौं’उनले भने‘समाजले हुँदैन भनेको भए पहिले नै रोक्थ्यौं तर सबैले हुन्छ भनेपछि बिहे आँटेका हौं।’ कतिपय ठाउँमा कलिला किशोर किशोरी आत्महत्यासम्मको अवस्थामा पुगेकाले पनि परिवारलाई यस विषयले पनि छोएको रहेछ। ‘बरु बिहे गरेर दिए त उसले त मर्नु पदैन भन्ने पनि भयो’दाजुले भने। उनले जान्दाजान्दै पनि गल्ती भएको भन्दै पश्चाताप गरे। ‘बिहे गरेर नदिउँ समाजले थुक्ने अनि ज्यानै जाने डर’ पीडा भावमा उनले भने‘दिँदा कानुन उल्लंघनको डर। हामीले गल्ती गर्‍यौं। अब के गरुँ कसो गरुँ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.