बाटो बनाउनु पर्ने माग राख्दै नगरपालिकामा धर्ना

बाटो बनाउनु पर्ने माग राख्दै नगरपालिकामा धर्ना

मलंगवा : सर्लाहीको मलंगवा नगरपालिकामा वडा नं. ७ का स्थानीयले बाटो बनाउनु पर्ने माग गर्दै आइतबार धर्ना दिएका छन्। मुसैलीका स्थानीयले गाउँको बाटो हिलो भएर हिंडडुल गर्न समस्या भएको भन्दै नगपालिकामा आएर धर्ना दिएका हुन्। 

बाटो हिलाम्य हुँदा घरबाट निस्कनसमेत कठिनाइ भएको भन्दै बाटो बनाउनु पर्ने माग राख्दै उनीहरु धर्नामा बसेका छन्। बाटो बनाउनका लागि वडाध्यक्षलाई पटक-पटक भन्दा पनि सुनवाइ नगरेपछि नगरपालिकामा आएर धर्ना दिनु परेको मुसैलीबासीले जनाएका छन्। एक सयभन्दा बढी स्थानीय आएर नगरपालिकाको मुल गेटमा धर्ना दिएर बसेका छन्। दलित र विपन्न बस्तीको बाटो बनाउन वडाध्यक्षले अनाकानी गरेको उनीहरुको आरोप रहेको छ। 

जनप्रतिनिधि चुनाव जितेर आएदेखि नै बाटो बनाउनका लागि आग्रह गर्दै आएको मोहम्मद इशा मिकरानीले बताए। पटक-पटक आग्रह गर्दा पनि वडाध्यक्ष प्रमोदकुमार यादवले कुनै सुनवाइ नगरेपछि बाध्य भएर नगरपालिकामा आएर धर्ना दिनु परेको मिकरानीले बताए। उनले भने',  '३ वर्षदेखि बाटो बनाउनका लागि गुहार लगाउँदै आएका छौं। आजसम्म कुनै सुनवाइ गरेको छैन। टोलमा अधिकांश दलित, विपन्न र मुस्लिम छन्। जति आग्रह गरे पनि वडाध्यक्षले कुनै सुनवा गरेनन्।' ठूलाबडाले भन्दा मान्ने उनीहरुले भन्दा वडाध्यक्ष यादवले अटेर गरेपछि धर्नामा बसेको मिकरानीको आरोप छ। 

उनले भने', 'घरबाट निस्कन सक्ने अवस्था छैन। सडकमा घुडाँसम्म हिलो छ। अझै दुईचार दिन पानी  पर्‍यो भने घरमा पानी पस्छ। कोही बिरामी  पर्‍यो भने गाउँबाट बाहिर लैजान सक्ने अवस्था छैन। विकास ग्लान भनेर भोट दियौं तर दु:ख दिने काम मात्र गरे।'

वडाले नगरपालिकामा पेश गरेको योजना अनुसार बजेट वडा नं. ७ लाई दिएको मेयर निरसल साहले बताए। 'बाटो किन बनाइएन त्यो वडाध्यलाई नै थाहा होला। वडाध्यक्षलाई बोलाएर समस्या समाधानका लागि पहल गर्दै छु’, मेयर साहले भने, ‘बाटो बनाउनका लागि के गर्नुपर्छ त्यो हामी गर्दै छौं। माटो हालेर हुन्छ की ग्रेबल हालेर हुन्छ बाटो बनाउँछौं। मलिलो बाटो भएकोले बाटो हिलाम्य भएको हो।’ 

प्रत्येक वडालाई सामानुपातिक हिसाबले ८० लाखको दरले बजेट दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुबेदीले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.