रुखबाट लडेर एक जनाको मृत्यु
राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोघनपुरका ५५ वर्षीय मुसा मियाँको बिहीबार सिमलको रुखबाट लडेर मृत्यु भएको छ। गाइवस्तुका लागि घाँस काट्न रुखमा चढेका उनको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेश सिंहले बताए।
रुखबाट लडेर घाइते भएका मुसा मियाँलाई कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका दाजु दाउद मियाँले बताए। मृतकको बिहीबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम भएको छ।
प्रतिक्रिया दिनुहोस !