समाजको दायित्व

समाजको दायित्व

नेपालमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको तथ्य कसैबाट छिपेको छैन। नेपालमा हालसम्म मृत्युदर न्यून रहेको भए पनि दिनदिनै संक्रमितको संख्या उकालो लाग्दै जानुलाई सकारात्मक रूपमा लिन सकिँदैन। यसैक्रममा सरकारको सहजीकरणमार्फत विदेशमा रोजगार गुमाएका तथा समस्यामा परेका नेपालीलाई दैनिक एक हजारभन्दा माथिको संख्यामा स्वदेश फर्काइरहेको छ। विदेशमा चेकजाँच गरेरै आएको भए पनि उनीहरूमध्ये केहीमा कोरोना पोजेटिभ देखिएको छ। यसो भन्दैमा विदेशबाट आउने सबैले कोरोना संक्रमण लिएरै आएको छ भन्न सकिँदैन। तर जो विदेशबाट आएको छ ऊ आफैंले आफूलाई सम्भावित संक्रमित घोषणा गर्नुपर्छ, जसले परिवार, समाज र देशमा संक्रमण नियन्त्रण गर्न मद्दत गर्छ।

म विदेशबाट आएको हुँ, हवाईजहाजलगायतका यातायातका साधनबाट मलाई संक्रमण सरेको हुन सक्छ भन्ने घोषणा आफैंले गर्ने हो। सरकारी क्वारेन्टाइन वा होम क्वारेन्टाइन जहाँ बसे पनि १४ दिन अरूभन्दा कम्तीमा २ मिटर टाढा रहन्छु। नियमित हात धुन्छु तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान पुर्‍याउँछु। स्थानीय स्तरमा भएका क्वारेन्टाइनमा भन्दा पनि होम क्वारेन्टाइनमा अझ बढी सजक रहन्छु। घरमा ससाना बालालिका, ज्येष्ठ नागरिक अनि कोही दीर्घरोगी भएमा त मेरो जिम्मेवारी अझ बढी हुन्छ। किनकि मैले भाइरस ल्याएको हुन सक्छु र मबाटै मेरो परिवारमा संक्रमण सर्न सक्छ। त्यसैले आफूलाई १४ दिन एउटै कोठामा कैद गर्छु, दुईतीन मिटरभन्दा नजिक कसैलाई आउन दिन्न। परिवारका सदस्यसँग कुरा गर्नुपरे मास्क लगाउँछु, आफूले छोएका कुनै सामग्री परिवारका सदस्यलाई छुन दिन्न। आफूले खाएका भाँडाकुँडा तथा प्रयोग गरेको बाथरुम आफैं सफा गर्छु। आफूले लगाएको लुगा आफैं धुन्छु। किनकि जबसम्म परीक्षण गरेर कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म म सम्भावित कोरोना संक्रमित हुँ।

परिवार, समाज र देशका नागरिकको स्वास्थ्यका बारेमा अलिकति मात्रै पनि चिन्ता गर्ने र आफूले आफैंलाई भोलि सम्भावित अपराधी घोषित गर्नुभन्दा पहिले विदेशबाट फर्कनेले यति समझदारी अपनाउनैपर्छ।

म विदेशबाट आएको हुँ, हवाईजहाजलगायतका यातायातका साधनबाट मलाई संक्रमण सरेको हुन सक्छ भन्ने घोषणा आफैंले गर्ने हो।

नेपालमा लक डाउन सुरु हुँदा जसरी गाउँगाउँमा बाहिरबाट आउनेलाई अवरोध गरियो। गाउँ छिर्न दिइएन। आफ्नै दाजुभाइ, भतिज, छोरी, बुहारी, बहिनीलाई अपराधीजस्तो व्यवहार गरियो। आज चार महिना व्यतीत हुँदा पनि त्यस्ता क्रियाकलाप गर्नेहरूमा चेतना नपलाउनु पक्कै दुःखद पक्ष हो। त्यही अर्धचेतनाको अवशेषले आज विदेशबाट फर्कनेहरूले गाउँ, समाजको छिःछीः दूरदूर सहनुपरेको छ। विदेशबाट फर्किएकाहरू यही गाउँका सदस्य हुन्, रोग लिएरै आएका भए पनि उचित प्रोत्साहन हौसला तथा साथ–सहयोगले निको हुन्छ भन्ने चेतना नपलाएको देख्दा भने उदेक लाग्छ।

जब विदेशबाट फर्कनेले आफूलाई सम्भावित संक्रमित घोषणा गरेर परिवार, समाज तथा देशप्रति आफ्नो दायित्व पूरा गर्दै आफू १४ दिन एकान्तवास बसेको छ भने उसको समाजले पनि उसलाई अपराधीजस्तो व्यवहार गर्न छाडेर सहयोगी बनिदिनुपर्छ।

ऊ पनि यही समाजको हिस्सा हो भन्ने ज्ञान हुनुपर्छ। भोलि मर्दापर्दा उसैलाई गुहार्नुपर्छ भन्ने भुल्नु हुँदैन। आज विदेशबाट आएर एकान्तवासमा बसेकोलाई केही साथ–सहयोग जरुरी छ भने सोध्ने र उचित सुरक्षा अपनाएर पूरा गर्न र म एक्लो छैन। मेरा असल छिमेकी र असल समाज छन् भन्ने आभाष दिलाउन सक्नुपर्छ। तब मात्रै हाम्रो समाज पहिलेजस्तै अनन्तकालसम्म एकअर्काका पर्याय भएर रहने छ। भाइरस त आज आउँछ भोलि निस्तेज हुन्छ तर हेक्का राख्नुपर्ने कुरा के हो भने समाज तथा छरछिमेकी सधैंका लागि चाहिन्छ।अति जानेर, बुझेर हो वा नजानेर हो यसले समाजमा सकारात्मकभन्दा नकारात्मक प्रभाव बढाउँदै लगेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.