कोरोनाले धरानमा मृत्यु भएका पुरुष १३ दिनअघि भारतबाट आएका थिए

कोरोनाले धरानमा मृत्यु भएका पुरुष १३ दिनअघि भारतबाट आएका थिए

राजविराज : उपचारका क्रममा बिहीबार राति सप्तरीको राजविराजका-६ का व्यापारी ७३ वर्षीय रामकृष्ण दासको मृत्यु भएको छ। कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक दासको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको दिल्लीबाट दरभंगा हुँदै कान्छा छोरा र श्रीमतीसहित दास १३ दिनअघि घर आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए । लकडाउनअघि श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनी उपचारपछि आउन नपाएर भारतमै रोकिएका थिए । 

लकडाउन खुकुलो भएपछि १३ दिनअघि फर्किएका दासलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । दास मुटु र प्रोस्टेटका बिरामी थिए ।

दासको मृत्युपछि मात्र उनीहरु १३ दिनअघि भारतबाट राजविराज आएकोबारे स्वास्थ्य कार्यालय सप्तरीले जानकारी पाएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए । 

राजविराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम यादवका अनुसार श्रीमतीको उपचार गरेर १३ दिनअघि फर्किएका दास परिवार घरमा बस्न थालेपछि आफूले जानकारी पाएको र होम क्वारेण्टाइनमा बसेको जानकारी दिए । 

कोराना संक्रमित दासको मृत्युपछि उनको श्रीमती, छोरा, बुहारी, नाती, नातिनी र घर-पसलमा कार्यरत कर्मचारीको स्वाब संकलन गर्न लागिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक दासको राजविराज ६ सिरहा रोडस्थित घरमै पसल छ । चित्रगुप्त सेवा समितिका पूर्व अध्यक्ष, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष, सप्तरी उद्योग बाणिज्य संघका सल्लाहकार, राजविराज हटियास्थित राधाकृष्ण मन्दिर र डिंहवार थान निर्माण समितिका कोषाध्यक्ष, विभिन्न बीमा संस्थानका सिनियर अभिकर्ता दास सामाजिक कार्यमा सक्रिय थिए । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ भने कोरोना संक्रमणले मृत्यु हुने दास सप्तरीको पहिलो व्यक्ति हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.