पृथ्वी राजमार्गको तनहुँखण्डमा ठाउँठाउँमा पहिरो

पृथ्वी राजमार्गको तनहुँखण्डमा ठाउँठाउँमा पहिरो

दमौली : निरन्तर वर्षा हुने क्रम नरोकिएपछि ठाउँठाउँमा पहिरो जाँदा तनहुँस्थित पृथ्वी राजमार्गको यातायात रोकिएको छ । पृथ्वी राजमार्गका कम्तिमा चार ठाउँमा ठूलो पहिरो जाने तथा सडक भाँसिने समस्या देखिएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्र्तगत तनहुँ बन्दीपुरको नहालामा सडक नै भाँसिएको छ । करिब पाँच मिटर सडक भासिएकाले त्यस क्षेत्रमा यातायात अवरुद्ध हुन पुगेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए । 

यसैगरी राजमार्गअन्र्तगत बन्दीपुरकै बिमलगरमा पहिरो खस्दा यातायात रोकिएको छ । विहानै पहिरो खस्दा आगमनमा कठिनाई भएको तनहुँको आँबुखैरेनी  गाउँपालिकास्थित ऐनापहरामा फेरि पहिरो खसेपछि यातायात सम्पर्क टुटेको छ । 

यता, राजमार्गअन्र्तगतकै म्याग्दे गाउँपालिकामा पर्ने गुणादीमा पनि पहिरो खस्दा अवरुद्ध सडकमा पहिरो खस्ने क्रम बढेकाले यातायात नियमित बनाउन कठिनाई परेको प्रहरीको भनाइ छ । 

डुम्रे बेसिसहर सडक पनि अवरुद्ध

पृथ्वी राजमार्गका अलावा लमजुङ सदरमुकाम बेसिसहरसँगको यातायातको एक मात्र माध्यम डुम्रे बेसिसहर सडक सोमबारदेखि नै अवरुद्ध छ ।  भानु नगरपालिकाको भन्सारदेखि लमजुङको सीमानासम्म ठाउँ ठाउँमा पहिरो खसेको भानु ९ का वडाध्यक्ष निलमसंजिवा श्रेष्ठले बताए ।

मुख्य गरी रानीपानीमा करिब १० मिटर कालोपत्रेमुनिको जमिन नै खसेका कारण यातायात नियमित गराउन कठिनाई परेको छ । सडक खुलाउन सडकका अधिकारीहरुले सडकको अवलोकन गरे पनि राजमार्ग नै अवरुद्ध भए पछि त्यस क्षेत्रमा यातायात नियमित बनाउने ठूलो चुनौती सडक अधिकारी सामु देखिएकाले डुम्रे बेसिसहर सडक तत्काल नियमित हुने सम्भावना कम देखिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.