खोला र नहरले बगाएर सर्लाहीमा दुई जनाको मृत्यु

खोला र नहरले बगाएर सर्लाहीमा दुई जनाको मृत्यु

मलंगवा : जिल्लाको रामनगर गाउँपालिका-६, मलघाटमा कुण्डी नहरले बगाउँदा एक जनाको ज्यान गएको छ। नहरको लच्कामा आएको बाढीले तर्ने क्रममा सोही ठाउँका ४५ वर्षीय बजेन्द्र झाको बगाएर मृत्यु भएको छ। बगाएर बेपत्ता भएका झाको शव स्थानीय र प्रहरी मिलेर खोजी गगर्दा भेटिएको छ।

यसैगरी ईश्वरपुर-४ मा गत सोमबार अमुवा खोलाले बगाएर बेपत्ता एक किशोरको शव फेला परेको छ। आफन्तको घरमा गएका लालबन्दी नगरपालिका-४, का १९ वर्षीय विशाल गोलेलाई गत सोमबार साथीहरुसँग पौडी खेल्न जाँदा खोलाले बगाएको थियो। बाढी कम भएपछि केही पर बगरमा खोप्टो परेको अवस्थामा गोलेको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.