बेपत्ता युवाको शव भेटियो
![बेपत्ता युवाको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_IHeOZgNxcl.jpg)
रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-५ मा रहेको स्यार्पुतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएको एक युवाको शव फेला परेको छ। साउन ७ गते बेपात्ता सोही वडाका २० वर्षीय अनिल घर्तीको शनिबार इलाका प्रहरी कार्यालय बाँफिकोटको टोलीले शव फेला पारेको हो।
स्थानीयवासीको सहयोगमा स्यार्पु ताल उत्तरतर्फ तालमा डुबेको अवस्थामा घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)