काठमाडौंमा एकै परिवारका पाँच संक्रमित

काठमाडौंमा एकै परिवारका पाँच संक्रमित

 काठमाडौं : महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ।  स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्।  सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो।  पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन। 

उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो।  उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन। 

शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे।  माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा. राजभण्डारीले बताए।  नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको हो।  उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। 

डा. राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षणसमेत देखिएको छ।  ‘स्वास्थ्य अवस्था सामान्य छ।  दुई जनामा सामान्य खोकी छ।  अन्य लक्षण देखिएको छैन’, डा. राजभण्डारीले भने। 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको बताए।  ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएपछि सबै जना झन् बढी सतर्क र सजग हुनुपर्छ’, उनले भने, ‘हेलचेक्र्याइँ गर्नुभएन।  कोरोना नियन्त्रणमा चुनौती बढ्छ। ’

परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो।  यसअघि बाँकेमा एकै परिवारका दुई जनामा कोरोना देखिएको थियो।  नेपालमा माघ ९ गते पहिलो संक्रमण फेला परेको थियो।  परिवारका सबै सदस्यमा संक्रमणले समुदायमा फैलिने सम्भावना प्रबल देखिएको एक जनस्वास्थ्यविद्ले बताए। 

नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।  यीमध्ये १३ हजार १ सय २८ जना निको भएका छन्।  कोरोनाबाट ४५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.