धादिङका स्थानीयमा पनि संक्रमण : संक्रमितको सङ्ख्या १३७ पुग्यो

धादिङका स्थानीयमा पनि संक्रमण : संक्रमितको सङ्ख्या १३७ पुग्यो

धादिङ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट धादिङमा थप ७ जना संक्रमित भएका छन्। योसँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय ३७ पुगेको छ।

आइतबार धादिङका विभिन्न ठाउँमा संकलन गरिएका ५९ जनाको स्वाब परीक्षणको लागि टेकु पठाइएकोमा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए। जसमध्ये ६ जना विदेशबाट आएर होम क्वारेन्टाइनमा रहेका र विभिन्न पालिकाले संचालन गरेको क्वारेन्टाइनमा रहेका छन्।

बुधवार देखिएका ७ जनामध्ये १ जना भने धादिङवेशीकै स्थानीय रहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ। अरु नै उपचार गराउने शिलशिलामा अप्रेसन गर्नुअघि कोरोना परीक्षण गरिएको र उनमा पनि संक्रमण पोजिटिभ देखिएकाले थप सजगता अपनाउन नीलकण्ठ नगरपालिकाले आह्वान गरेको छ। अति आवश्यक काम परेको खण्डमा बाहेक भीडभाडमा नजान, जानै परे अनिवार्य मास्कको प्रयोग गर्न स्थानीय सरकारले आग्रह गरेको छ।

बुधबार संक्रमण देखिएका मध्ये नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ र २८ वर्षका पुरुष र ३० वर्षका महिला, नीलकण्ठ नगरपालिका वडा नं १२ का २६ र ४७ वर्षका पुरुष , सिद्धलेक गाउँपालिका वडा नं ४ का ३२ वर्षका पुरुष र खनियाबास गाउँपालिका वडा नं २ का २३ वर्षका पुरुष रहेका छन्। 
संक्रमित १ सय ३७ मध्ये १ सय २९ जना निको भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.