निर्मला हत्या  प्रकरण : एसपीसहित आठ प्रहरीलाई सफाइ

निर्मला हत्या  प्रकरण : एसपीसहित आठ प्रहरीलाई सफाइ

महेन्द्रनगर : कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा खेपिरहेका एसपीसहितका ८ जना प्रहरीले सफाई पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले केहीबेर अघि उनीहरुलाई सफाइ दिएको हो ।

निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र हिरासतमा यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षकद्वय अंगुर जिसी (तत्कालीन सिआईबी), डीएसपी ज्ञानबहादुर सेठी (तत्कालीन जिल्लाका डीएसपी), प्रहरी निरीक्षकद्वय एकिन्द्रबहादुर खड्का र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट (तत्कालीन वडा प्रहरी इञ्चार्ज), प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो । 

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार यदुराज शर्माले जानकारी दिए । उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी दिएकी थिइन।  

यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डीएसपी अंगुर जिसी ९ लाख, डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९÷९ लाख, प्रहरी निरीक्षक जगदीश भट्ट ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, अर्का सई रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.