बालुवाटारमा धरपकड
काठमाडौं : ‘इनफ इज इनफ’अभियानले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन आयोजना गरेको थियो। तर प्रदर्शन सुरु नहुँदै प्रहरीले बालुवाटार सडकमा प्रहरीले जथाभावी धरपकड गरेको छ।
प्रदर्शनमा सहभागी हुन आउनेलाई मात्र होइन, आफ्नो काम विशेषले सडक हिँडिरहेका बटुवालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
_20200731083938.jpg)
कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै केही युवाले ‘इनफ इज इनफ’अभियान चलाएका छन्। सरकारसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै युवाहरु अनसनरत छन्। १३ दिनदेखि जारी अनसनको सुनुवाई सरकारले नगरेपछि आन्दोलन पुनः बालुवाटारमा सुरु गरिएको छ।
_20200731083938.jpg)
_20200731083939.jpg)
_20200731083939.jpg)
_20200731083939.jpg)
_20200731083939.jpg)
_20200731083939.jpg)
प्रतिक्रिया दिनुहोस !