होटल तथा रेस्टुरेन्ट सुनसान

होटल तथा रेस्टुरेन्ट सुनसान

काठमाडौं : सरकारको निर्णयअनुसार बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। लामो समयपछि सञ्चालनमा आएका होटल तथा रेस्टुरेन्ट पहिलो दिन भने सुनसान थिए। कोभिड १९ को महामारीका कारण करिब साढे ४ महिनासम्म बन्द भएको व्यवसाय आंशिक रूपमा खुलेको हो। साना तथा मझौला होटल रेस्टुरेन्ट गरी करिब १० प्रतिशत व्यवसाय खुलेका छन्। बन्द ढोका खुले पनि कारोबार हुन्छ भन्नेमा व्यवसायी नै विश्वस्त छैनन्। कोरोनाको जोखिम बढिरहेको अवस्थामा भीडभाड हुने होटल तथा रेस्टुरेन्ट गइहाल्ने र व्यापार हुने वातावरण भने अहिले नै बनिनसकेको व्यवसायीको भनाइ छ।

कोरोना अघिसम्म दैनिक करिब १० करोडसम्म कारोबार गर्ने रेस्टुरेन्ट व्यवसाय खुले पनि कारोबार हुन सक्ने अवस्था नरहेको रेस्टुरेन्ट तथा बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले बताए। कोरोनाका कारण केही ठूला तथा चेन रेस्टुरेन्टका शाखा पनि बन्द भइसकेको र पर्यटकीय गतिविधि बढी हुने ठमेलका करिब ३५ रेस्टुरेन्ट सधैंका लागि बन्द भएको उनले बताए।

खुल्नु आफैमा ठूला कुरा भए पनि कारोबारका लागि अझै कुर्नुपर्ने उनको भनाइ छ। हाल मुलुकमा करिब ३५ सय रेस्टुरेन्ट र त्यसमा करिब १ लाख श्रमिक आश्रित छन्। प्रायः विदेशी पर्यटकको भरमा सञ्चालन हुने तारे होटल भने तुरुन्तै सञ्चालनमा नआउने भएका छन्। अन्तर्राष्ट्रिय उडान खुली नसक्नु, होटल बुकिङ प्रायः शून्यमा हुनु, सभा सम्मेलन गर्न पाउने वातावरण नहुनुलगायत कारण तत्काल नै तारे होटल नख्ल्ने व्यवसायी बताउँछन्।

द्वारिका, हायात, सांग्रिला जस्ता तारे होटल साउन १५ देखि नै सञ्चालनमा नआए पनि खुलाउन पूर्णतयारीमा रहेको बताउँछन्। द्वारिका होटल तत्काल खुल्ने अवस्था नरहेको प्रबन्धक चन्दन बज्राचार्यले बताए। द्वारिका होटलको पाटन संग्राहालय र केशर महलमा रेस्टुरेन्ट र धुलिखेलमा एउटा रिसोर्ट छ। अहिलेलाई द्वारिका होटल सम्बद्घ कुनै पनि व्यवसाय सञ्चालनमा नआएको र भदौ १ बाट उडान खुलेपछि भने रिसोर्ट सञ्चालनमा ल्याउने तयारी भएको उनले जानकारी दिए। होटल हिमालय पनि खुलेको छैन।

कोरोना सुरक्षाका लागि आवश्यक तयारीमा होटल रहेको र उडान खुलेपछि र बुकिङ सुरु भएपछि मात्रै होटल सञ्चालनमा ल्याउने महाप्रबन्धक प्रल्हादराज कुँवरले बताए। हायात होटल खोल्न इच्छुक भए पनि परिस्थिति अनुकूल नभएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराज परियारले बताए। पाहुना नआएसम्म खर्च बढाउन मात्रै होटल खोल्न नसकिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.