मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एकजना घाइते

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एकजना घाइते

मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका १७ घिमिरे चोकस्थित पूर्व- पश्चिम राजमार्गअन्तर्गत मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । दुईवटा मोटरसाइकल ठोक्‍किँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेहरुमा लालबन्दी नगरपालिका  ५ का ब्रहम्देव चौधरी र रौतहट जिल्ला ईशनाथ नगरपालिका ७ का ५५ वर्षीय नन्द किशोर साह रहेको छ ।   

ज.१ म २३३ र प्र.नं. २-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल ठोकिएका थिए । ठक्‍करबाट घाइते भएका चौधरीलाई लालबन्दीस्थित एक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यसैगरी मोटरसाइकल नं. ज. १ म २३३ नम्बरका चालक साहको लालबन्दीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनुषाको लालगढ अस्पतालमा लगिएको थियो । 

त्यहाँ पनि उपचार सम्भव नभएपछि धनुषाकै महेन्द्रनगरतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । साहसँगै पछाडि बसेका रौतहटकै श्याम साहको टाउकोमा चोट लागेको र महेन्द्रनगरस्थित एक हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने चौधरी पनि मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.