सप्तरीको एकै टोलमा २५ संक्रमित थपिए

सप्तरीको एकै टोलमा २५ संक्रमित थपिए

राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया टोलमा आइतबार २५ जना संक्रमित थप भएका छन्।

तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका दुई ४ वर्षीय बालक, १५ र ५५ वर्षीया महिला, २०, २२, २२, २४, २६, २६, ३१, ३५, ३५, ३५, ३६, ३८, ३८, ४०, ४२, ४२, ४५, ४७, ६०, ७१ र उमेर नखुलेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
    

यसैगरी गजेनद्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। उनीहरु राजविराज नगरपालिका-३ का २८ र ४० वर्षीय पुरुष हुन्।

अस्पतालको आकस्मिक कक्षमा विषसेवन पश्चात उपचार गराइरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका ५० वर्षीय एक बिरामीमा साउन ९ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको थियो। 

त्यसपछि उनको परिवारका पाँच जना, गाउले एक जना र उनको उपचारमा संलग्न १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बुधबार सम्पर्कमा आएका गाउँका १०६ जनाको स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरिएको लौनियाका १०६ जनामध्ये २५ जनामा संक्रमण देखिएको गाउँपालिकाको विपद व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए। 

आकस्मिक कक्षमा उपचारमा संलग्न चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन राखिएको  थियो। जसमध्ये शुक्रबार १ र आइतबार २ स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

लौनिया टोलमा संक्रमित हुने वडा कार्यालयनजिकै रहेका चिया, नास्ता पसले, पान पसले, कपाल काट्ने रहेका छन्। ठूलो संख्यामा संक्रमित बढेपछि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट अति आवश्यक सेवा बाहेक सबै सेवा तथा हाट बजार, पसल बन्द गर्ने निर्णय गरेको छ। सुनौली नाकाबाट भइरहेको आवतजावतलाई समेत कडाईका साथ बन्द गर्न स्थानीय प्रशासनलाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अनुरोध गरेका छन्।

लौनिया गाउँलाई सिल गर्नेबारे सुरक्षा समिति र कोरोना संकट व्यवस्थापन समितिमा हाल छलफल चलिरहेको छ। 
शनिबार मात्र राजविराज नगरपालिकाका १८, हनुमाननगर कंकालिनी नगरपालिकाका ४, तिरहुत र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका १÷१ जना गरी २४ जना संक्रमित पुष्टि भएको थियो। 
    
राजविराज नगरपालिका-२ का २२ र २५ वर्षीय पुरुष, वडा नम्बर ४ का ६, २०, २२, २४, ५५ र ६० वर्षीय पुरुष, वडा नम्बर ५ का ४० वर्षीय पुरुष, वडा नम्बर ६ का ११ वर्षीया बालिका, २२, ३५ र ३६ वर्षीय पुरुष, वडा नम्बर ७ का ४० र ५५ वर्षीय पुरुष, वडा नम्बर ८ का ३२ र ३६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

यसैगरी तिरहुत गाउँपालिका-२ का २० वर्षीय पुरुष, अग्नीसाइर कृष्णसवरन गाउँपालिका-४ की २२ वर्षीया महिला, हनुमाननगर कंकालिनी नगरपालिका-४ का २३ वर्षीय पुरुष, वडा नम्बर १२ का ४ वर्षीया बालिका, ७ वर्षीय बालक र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

सप्तरीमा आइतबारसम्म संक्रमित हुनेको सङ्ख्या ५ सय २४ पुगेको छ। जसमा ३ सय ३८ जना निको भई घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.