नुवाकोटमा समुदायस्तरमा देखिन थाले संक्रमित

नुवाकोटमा समुदायस्तरमा देखिन थाले संक्रमित

नुवाकोट : नोवेल कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु नुवाकोटमा धमाधम देखिन थालेका छन्। एक सातादेखि लगातार समुदायमा कोरोना संक्रमित पुष्टि भइरहेका छन्। नुवाकोटमा विदेश तथा अन्य संक्रमित स्थानबाट नआएकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ। नुवाकोटमा सोमबार पनि चार जना कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। 

संक्रमित चार जना सबै पुरुष हुन्। उनीहरुमध्ये दुई जना समुदायस्तरमा फेला परेका हुन्। दुई जना क्वारेन्टाइनमा बसेकोहरुमा संक्रमण फेला परेको  नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। उनका अनुसार कोरोना समुदायमा पुगेपनि नियन्त्रण भित्रै रहेको र सर्वसाधाणलाई प्रशासनको निषेधाज्ञा पालना गर्न आग्रह गरेका छन्। कन्ट्रयाक ट्रेसिङलाई प्राथमिकता दिएर कोरोना पहिचान तथा नियन्त्रण अभियान तत्काल सुरु गरिएको उनले बताए। 

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार दुप्चेश्वर गाउँपालिकामा समुदायस्तरमा दुई जना र क्वारेन्टाइनमा एक जना संक्रमित भेटिएका हुन्। सदरमुकामसँगै जोडिएको लिखु गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना संक्रमित भेटिएका हुन्। खनालका अनुसार सोमबार पुष्टि भएका चार जनासहित नुवाकोटमा कोभिड–१९ (नोबेल कोरोना भाइरस) बाट संक्रमित हुनेको संख्या ६१ जना पुगेको छ। तीनसय १ जनाको स्वाबको नमूनाको परीक्षण नतिजा आउन बाँकी रहेको छ। 

नयाँ भेटिएको चार जनालाई नुवाकोट जिल्ला अस्पताल त्रिशुली र खरानीटारस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ। दुप्चेश्वरको तीन जनालाई तादी गाउँपालिकाको खरानीटार अस्पतालको आइसोलेसनमा पठाइदैछ। 

लिखुको एक जना संक्रमित त्रिशुली अस्पतालमा ल्याएर उपचार सुरु गरिएको  छ। दुप्चेश्वरमा फेला परेको दुई जना समुदायस्तरकै भएको स्थानीयले जनाएका छन्। सोमबार फेला परेकोसहित नुवाकोटका २४ जना कोरोनाको उपचारका लागि आइसोलेसनमा छन्। जसमा २० जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए।

संक्रमितको कन्ट्रयाक ट्रेसिङलगायत विभिन्न स्थानबाट संकलन गरिएको तीनसय जना भन्दा बढीको स्वाब संकलनको नतिजा भने आउन बाँकी रहेको छ। आइतबार मात्रै नुवाकोटमा एक शिक्षकसहित तीन जनामा कोरोना पुष्टि भएको थियो। नुवाकोटमा हालसम्म ३७ जनाले कोरोनाले जितेर उपचारपछि घर फर्किएका छन्। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.