भीरबाट लडेर एकजनाको मृत्यु
काभ्रे :जिल्लाको भूम्लू गाउँपालिका–१ सापिङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो आफ्नै घरदेखि करिब १.५ किलोमिटर पश्चिम आङगे खोल्सामा स्थानीय ३५ वर्षीय श्रीकृष्ण गिरी मृत अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी प्राप्त हुनेबित्तिकै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। त्यस्तै,इलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा गिरी करिब ३५–४० मिटर अग्लो भीरबाट लडेर आङगे खोल्सामा खसेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !