समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा पूर्ण लकडाउन

समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा पूर्ण लकडाउन

कपिलवस्तु : स्थानीय प्रशासनले मंगलबार बिहान ५ बजेबाट कपिलवस्तुमा पूर्णरुपले लक डाउन गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

जिल्लामा ८ सय ५८ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने र त्यसबाट कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै यस्तो लक डाउन गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २७ गते मंगलबार बिहान ५ बजे देखि ३२ गते राती १२ बजे सम्मलाई पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ । 

लक डाउनका कारण जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, वाणगंगा लगायतका मुख्य बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् । लक डाउनको अवधी भर अति आवश्यक सेवाका पसल तथा सवारी साधान बाहेक सबै बन्द हुने जनाइएको छ । 

मेडिकल, पानी, दूधजस्ता वस्तुबाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षाको सर्तकता अपनाएर संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । 

दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु संचालनमा पूर्ण रोक लगाईएको छ । राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् । 

तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजे सम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.