पाल्पामा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
तानसेन : पाल्पाको निस्दी गाउँपालिका - ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा निस्दी गाउँपालिका- ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र वडा नं ४ मित्याल काफलका विष्णु माया सारु कालुङको तीन महिने छोरो सिमोन कालुङ मृत्यु भएको हो।
३ महिने बालक कालुङको उपचारको लागि तानसेन ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी- ५ गल्धाका पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया शुसिला सारु, निस्दी -४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।
घाइते ५ जनाको तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। सेरमती सारुको बुटवल चौराहा अस्पतालमा उपचार भइरहेको पाल्पा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !