स्क्रबटाइफसले बझाङमा एक महिलाको मृत्यु

बझाङ : स्क्राबटाईफसबाट बिहीबार एक महिलाको मत्यु भएको छ। दुर्गाथली गाउँपालिका-१ घर भएकी २२ बर्षीया एक महिलाको स्क्रबटाईफस रोगबाट मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए।
गाउँको क्लिनिकको उपचारले निको नभएपछि गम्भीर अवस्थामा विरामी महिला एक हप्ता अघि जिल्ला अस्पताल ल्याईएको थियो। अस्पतालमा ल्याब परिक्षण गर्दा मृतक महिलामा स्क्रबटाईफस पुष्टी भएको थियो। किर्ना प्रर्जातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरिरमा स साना विविरा आउने, हातखुट्टा दुख्ने , दिउँसो ठिक भए पनि राती बढी ज्वरो आउने लक्षण रहेने गरेको बताईएको छ।
जिल्लामा एक साता यता मात्रै यो रोग नौ जनामा देखिएको डाक्टर खड्काले बताए। उनका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्न गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, र मष्टा गाउँपालिकामा देखा परेको छ। अहिले यो रोग लागेका एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य विरामी उपचारपछि घर फर्कीसकेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
