धरानमा विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर घर भएककी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरको न्यूरो हस्पिटलबाट रेफर भएर प्रतिष्ठान आएकी ५० वर्षीषा महिलाको उपचारका क्रममा शनिबार राति १२ बजे निधन भएको बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
मृतक महिला शनिबार राति ११ बजे प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएकी थिइन् । भर्ना भएको एकघण्टा पश्चात उनको निधन भएको प्रवक्ता सापकोटाले बताए ।
चार/पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गंभीर समस्या भएपछि न्युरो हस्पिटलले प्रतिष्ठान रेफर गरेको बताइएको छ । मृतक महिला लामो समयदेखि मुटु र फोक्सोमा समस्या रहेको अस्पतालले जानकारी दिएको छ । नेपालका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि भारतको दिल्लीमा समेत गएर उपचार गराउँदै आएको समेत बताइएको छ । मृतकको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको प्रवक्ता सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस !