गर्भवतीमा कोरोना देखिएपछि 'रिफर', एम्बुलेन्सले बोक्नै मानेनन्

गर्भवतीमा कोरोना देखिएपछि 'रिफर', एम्बुलेन्सले बोक्नै मानेनन्

बुटवल : प्रदेश गौरवका तीन योजनामध्येको एक लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमित गर्भवतीलाई भर्ना नलिइ नेपालगञ्ज 'रिफर' गरेको छ । अस्पतालमा नियमित स्वास्थ्य चेकजाँच गराएकी उनलाई सुत्केरी हुने समयमै आएर कोरोना देखिएपछि नेपालगञ्ज रिफर गरिएको छ ।

कोरोना महामारीको करिब ६ महिना हुँदासम्म लुम्बिनी अस्पतालले संक्रमित अप्रेसन कक्ष तयार गरेको छैन । केही महिनाअघि नै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले अस्पतालले सुत्केरीको अप्रेसन कक्ष तयार हुँदै गरेको बताउँदै आएका थिए ।

महामारी सुरु भएपछि कर्मचारीका लागि बस र ओपिडीका लागि थुप्रै संरचना बनाएको अस्पतालले अप्रेसन गर्ने बिरामीको उपचारमा भने तयारी नगरेको देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा यस क्षेत्रमै सबैभन्दा धेरै महिला सुत्केरी हुन्छन् । रेफरल अस्पताल हुदाँसमेत गर्भवतीको अप्रेसन गर्न नसकेको भन्दै अस्पतालको चर्को आलोचना समेत भएको छ । 

बुटवल वडा नम्बर ११ कि गर्भवतीको भर्दा सात गते अप्रेसन गर्नुपर्ने मिति चिकित्सकले तोकिदिएका थिए । साउन ३२ गते शरीर दुखेर अस्पताल पुगेकी उनमा कोरोना भए नभएको चेकजाँच गरिएको थियो । उनका श्रीमान् कोरोना संक्रमित भएकाले उनमा समेत पोजिटिभ आएको छ । 

पोजिटिभ देखिएलगत्तै अस्पतालका डाक्टरले नेपालगञ्ज वा काठमाडौं  रिफर गरेका थिए । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अप्रेसन कक्ष तयार भइनसकेका कारण रिफर गरिएको जानकारी दिए । 

लुम्बिनी अस्पतालले रिफर गरेपछि गभर्वती नेपालगञ्ज पुगेका छिन् । उनलाई नेपालगञ्ज जान एम्बुलेन्सले समेत बोक्न तयार भएनन् । एम्बुलेन्स तयार नभएपछि निजी गाडीमै बाँके निस्किएको गर्भवतीका एक आफन्तले बताए ।

नेपालगञ्जमा यसअघि पनि गर्भवतीको अप्रेसन गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा रुकुमकी संक्रमित महिलाको अप्रेसन भएको थियो । अस्पतालले बिरामीको उपचारमा संवेदनशील नभएको आराप लगाइएको छ ।

अधिकारकर्मी इन्दिरा आचार्यले प्रदेशको गौरवपूर्ण भनिएको अस्पतालमा संक्रमित सुत्केरीको अप्रेसन हुन नसक्नु गम्भीर कुरा रहेको बताइन् । 'संक्रमित सुत्केरीको उपचार गर्ने व्यवस्था छैन, बालबालिकाको अप्रेसन गर्ने डाक्टर छैनन्, यस्तो पनि गौरवको प्रादेशिक अस्पताल हुन्छ ? उनले प्रश्न गरिन्?'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.