लेनदेनमा मुछिए इटहरीका डीएसपी, छानविन सुरु

लेनदेनमा मुछिए इटहरीका डीएसपी, छानविन सुरु

इटहरी : इलाका प्रहरी कार्यालय इटहरीका प्रमुखसहित तीन प्रहरीमाथि छानविन सुरु भएको छ। विभिन्न मुद्धामा लेनदेनको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले छानविन सुरु गरेको हो। छानविनमा प्रदेश प्रहरी कार्यालयले निगरानी गरिरहेको छ।

डिएसपी धर्मराज भण्डारी, प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ र महिला सेलकी प्रमुख सई कृष्ण अधिकारीमाथि छानविन भइरहेको सुनसरी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख कमल थापाकाअनुसार यसअघि नै उनीहरुलाई लिखित स्पष्टीकरण सोधिसकिएको छ। डीएसपीविरुद्ध सञ्चारमाध्यममा विभिन्न समाचारहरु आएपछि छानविन गरिएको थापाले बताए। उनका अनुसार संघबाटसमेत अलग्गै छानविन भइरहेको छ। प्रदेश प्रहरीले भने जिल्ला प्रहरीले बनाएको समितिलाई निगरानी गरिरहेको प्रहरी कार्यालय विराटनगरका प्रवक्ता दीपक पोख्रेलले जानकारी दिएका छन्।

इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका मन्टेश्वरी सञ्चालक सन्तोष कटवालसँग पैसा लिएर घटना सामसुम पार्न खोजेको आरोप उनीहरुलाई लागेको छ। मुद्दा दर्ता गर्न ढिलाइ गरेपछि महिला अधिकारकर्मीहरुले दबाब दिएका थिए। इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको आरोप छ।

यस्तै औषधी व्यवसायी अतित गुरागाईँलेसमेत स्यानेटाइजरको बिक्रिमा आफूलाई फँसाउन खोजिएको र एक करोड रुपैयाँ मागेको सञ्चारमाध्यममार्फत् आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.